बालेन्द्र साहलाई १९ हजार ६१५ मतकाे अग्रता, केशव स्थापित तेस्राे स्थानमै

 जेठ ९, २०७९ सोमबार १४:४७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि हुनुहुन्छ । बालेन्द्र साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याउनुभएको छ ।

महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६ हजार आठ सय ६१ मत पाउनुभएको छ ।

महानगरकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • प्रशुराम सुनाम

    May 23, 2022, 3:46 p.m.

    बालेन साहा ले जित्नु भनेको काठमाण्डौ बासिको जित हो अरुले जिते भने एउटा पाटी ले मात्र जित्नेहो अहिले हामिले जितार मात्र हुदैन पछि काम गर्ने बेला पनि सहयोग र साथ दिनु पर्ने छ किन कि इचोर पाटी हरुले काम गर्ने बता बरन बिगार्न सक्छन

  •  0 Reply

तपाईको प्रतिक्रिया