माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

 जेठ ९, २०७९ सोमबार १८:५४:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङकाे राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाकाे व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानकाे शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

हिजाे आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ काे एकान्त होटलमा नक्कली सुन बिक्री/वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ । 

उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया