जनकपुरधामकाे मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

 जेठ ९, २०७९ सोमबार १९:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी हुनुभएको छ । सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्राेह गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका साहले १३ हजार चार सय ६५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले नौ हजार पाँच सय ३२ मत पप्त गर्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लाल किसोर साहले पाँच हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ । 
उपमेयर पदमा कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार पाँच सय २५ मत ल्याएर विजयी हुनुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वटा उपमहानगरपालिकामध्ये ११ वटामा कांग्रेस, सात वटामा एमाले, दुई वटामा लोकतान्त्रिक समाजवादी पार्टी, दुई वटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी र एउटामा जनता समाजवादी पार्टीले एक–एक वटा वडाध्यक्ष पद जितेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया