पालिका चुनाव : कुन उमेर समूहमा कुन दलका कति निर्वाचित ?

 जेठ १०, २०७९ मंगलबार ७:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म निर्वाचित जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका छन् । यो उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी १० हजार ९ सय ९० जना विजयी भएका छन् ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५ सय ५० र महिला ७ सय ९२ गरी १ हजार ३ सय ४२, ३१ देखि ४० उमेर समूहका पुरुष दुई हजार १ सय ८७, महिला १ हजार ९ सय ७९ गरी ४ हजार १ सय ६६, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार ६ सय ६४, महिला १ हजार ७ सय ४३ गरी ४ हजार ४ सय ७, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ९ सय ३९, महिला ७ सय ६३ गरी २ हजार ७ सय २, ६१ देखि ७० उमेर समूहका पुरुष ६ सय २४, महिला १ सय ८९ गरी ८ सय १३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १ सय ४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १ गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् ।

एमाले    
नेकपा एमालेका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ सय ५६ र महिला ६ सय ६८ गरी १ हजार १ सय २४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७ सय १४, महिला १ हजार ८ सय ७ गरी ३ हजार ५ सय २१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १ सय ६७, महिला १ हजार ५ सय ३७ गरी ३ हजार ७ सय ४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८ सय २१, महिला ७ सय ७० गरी २ हजार ५ सय ९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५ सय २९, महिला १४१ गरी ६ सय ७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र) २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ सय २७ र महिला ३ सय २८ गरी ५ सय ५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९ सय ९४, महिला ८ सय ९० गरी १ हजार ८ सय ८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५ सय ६३ गरी १ हजार ५ सय ८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५ सय ४२, महिला २ सय २८ गरी ७ सय ७०, ६१ देखि ७० उमेर समूहका पुरुष १ सय ३८, महिला ५२ गरी १ सय ९०, ७१ देखि ८० उमेर समूहका पुरुष १५, महिला १ गरी १६ एवम् ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

जसपा   
जनता समाजवादी पार्टी, नेपालका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८ गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २ सय ४०, महिला १ सय ८९ गरी ४ सय २९, ४१ देखि ५० उमेर समूहका पुरुष २ सय ७६, महिला १ सय ७९ गरी ४ सय ५५, ५१ देखि ६० उमेर समूहका पुरुष १ सय ९३, महिला १ सय ४५ गरी ३ सय ३८, ६१ देखि ७० उमेर समूहका पुरुष १सय , महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४ र महिला १४ गरी २८ जना निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)
नेकपा (एकीकृत समाजवादी) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १ सय ४९, महिला १ सय ५२ गरी ३ सय १, ४१ देखि ५० उमेर समूहका पुरुष १ सय ८४, महिला १ सय ५ गरी २ सय ८९, ५१ देखि ६० उमेर समूहका पुरुष १ सय ३८, महिला ६० गरी १ सय ९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन् ।

राप्रपा  
राष्ट्रिय प्रजातन्त्र पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३ र ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चा 
राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४ र ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

नेमकिपा
नेपाल मजदुर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६ र ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

अरु विभिन्न दल
जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २ र ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।     

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन् । नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन् ।     

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २ र ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन् ।     

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस (वीपी) का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १ र ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।        

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् । बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन् । नेकपा (माओवादी समाजवादी) का ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

स्वतन्त्र
स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १ सय ३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन् ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया