प्रतिनिधिसभाकाे बैठक शुरु
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् । नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले यो चाप भएको हो ।
बिहान रात्रि बस काठमाण्डौ भित्रने भएकाले पनि यो सडक खण्डमा गाडीको लामो लाइन छ । यो नाका हुँदै हरेक दिन सयौँको सङ्ख्यामा सानादेखि हेभी गाडी चल्छन् । तर साँघुरो सडक र घुम्तीका कारण एउटा गाडी बिग्रिए पनि जाम हुने गरेको छ ।
अहिले यो नाकामा एकतर्फी गाडी पास गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।