काठमाण्डौ महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

 जेठ १०, २०७९ मंगलबार १०:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।

साहले ५० हजार ३० मत पाउनु भएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत पाउनु भएको छ । सिंह साहभन्दा १९ हजार २ सय ६३ मतले पछाडि हुनुहुन्छ ।  

यस्तै, एमालेका केशव स्थापितले ३० हजार १५ मत पाउनु भएको छ । महानगरको अहिलेसम्म १ लाख ५० हजार ५ सय १६ मत गनिसकिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया