एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै आज मङ्गलवार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो । अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले ‘आफूले भनेअनुसार गरेमा सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरूको आरोप छ । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर केहीबेर प्रदर्शनसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।