नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने

 जेठ १०, २०७९ मंगलबार १६:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । 

आज मङ्गलवार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झाैतामा हस्ताक्षर गर्नुभएको हाे । सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ । 

कार्यक्रममा मन्त्री भुसालले याे परियोजनाले विश्वमै महँगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयाे । उहाँले याे परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘यो एमओयू महत्त्वपूर्ण छ । यसलाई समयमै कार्यान्वयन गर्दा नेपालकाे ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ ।’

सम्झौतामा काठमाण्डाै विश्वविद्यालयलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन इन्धन उत्पादन कामलाई अघि बढाउने उल्लेख गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया