विद्युत् महसुल पुनरावलोकन गरिने, बिजुली खपत बढाउने, ग्यास खपत कम गरिने

 जेठ १०, २०७९ मंगलबार १७:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विद्युत् महसुलमा पुनरावलोकन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् खपत बढाउन र ग्यासको खपत कम गर्न विद्युत् मसहुलको पुनरावलोकन गरिने बताउनुभयो । 

यस्तै विद्युत् उत्पादन, प्रसारण र वितरणको संयोजन गर्ने, विद्युत् खपत गर्ने र धेरै भएको निर्यात गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने उल्लेख छ । 

दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया