घुस मागेको आरोपमा पन्जाबका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेर पक्राउ गरियो

 जेठ १०, २०७९ मंगलबार १९:५२:४७ | एजेन्सी
unn.prixa.net

घुस मागेको आरोपमा बर्खास्तीमा परेका भारतको पन्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला पक्राउ परेका छन् । 

एक आयोजना कार्यान्वयनको क्रममा एक प्रतिशत घुस मागेको घटना सार्वजनिक भएपछि आजै पन्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्रीबाट सिंगलालाई बर्खास्त गर्नुभएको थियो । पन्जाबकाे भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको र उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ताको तयारी भएको एनडीटीभीले जनाएको छ ।। 

अघिल्लो महिना भएको विधान सभा चुनावमा पन्जाबमा दुई तिहाइ सिट जितेको आम आदमी पार्टीले भ्रष्टाचारका कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिँदै आएको छ । 

पन्जाबका स्वास्थ्यमन्त्री बर्खास्तीमा परेपछि आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भ्रष्टाचार विरोधी मोडलअनुसार नै पन्जाबमा 'एक्सन' लिएकोमा खुसी व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया