काठमाण्डाैकाे उपमेयरमा सुनितालाई झन्डै ४० हजार मतकाे अग्रता

 जेठ ११, २०७९ बुधबार ९:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ । 

यस्तै, महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतकाे अग्रता बनाउनुभएकाे छ । १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेकाे मत ५४ हजार २१३ पुगेको छ ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहनुभएकाे छ । एमालेका उम्मेदवार केशव स्थापित मेयरकाे दाैडमा तेस्राे स्थानमा हुनुहुन्छ । सिर्जना सिंहले ३४ हजार १८० मत पाउनुभएको छ । सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि हुनुहुन्छ । यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया