एक महिनाभित्र विद्यार्थीकाे हातहातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

 जेठ ११, २०७९ बुधबार १६:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र गरी सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बुधवारकाे बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍यायउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो । छापिएको पुस्तक पनि तत्काल विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएकाे समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । 

समितिले ३५ लाख बाँकी पुस्तक छपाइकाे काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । सभापति घर्तीले भन्नुभयो, ‘छापिएका पुस्तकलाई तत्काल पुर्‍याउनु पर्‍याे । छाप्न बाँकी रहेका पुस्तक एक महिनाभित्र छापेर विद्यार्थीको हातमा पुर्‍याउन समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम पालिकालाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले प्रदेश सरकारलाई छपाइ र सम्बन्धित पालिकालाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताउनुभयो ।

उहाँले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालय नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया