यौन हिंसा र बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू : आयोग

 जेठ ११, २०७९ बुधबार १७:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । 

आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो । 

छलफलमा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न निर्देशन दिनुभयो । जवाफमा प्रहरी नायब महानिरीक्षक सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको थियो । 

आयोगले यौन हिंसा र बलात्कारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया