बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा विजयी चिरीबाबु महर्जन र उपमेयरमा विजयी मञ्जली शाक्यले शपथ ग्रहण गर्नुभएको छ ।
मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले आज बुधवार शपथ ग्रहण गर्दै अबको काम महानगरवासीमा समर्पित हुने बताउनु भयो । मेयरमा दाेस्राे कार्यकाल सम्हाल्दै महर्जनले महानगरका समस्या समाधानका लागि आफू तत्पर रहने बताउनुभयो ।
चुनाव अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उहाँले उद्घोष गर्नुभयो । मेयर महर्जनले भन्नुभयो, ‘चुनावमा पार्टीको कुरा गर्याैँ तर अब समग्र ललितपुर महानगरपालिकावासीको कुरा गर्नेछाैँ । महानगरका समस्या समाधान गर्न अहोरात्र लाग्नेछौँ । अब हामी राजनीतिक रूपमा प्रस्तुत हुन मिल्दैन । हाम्रा लागि सबै बराबर हुन् ।’
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बन्नुभएको हाे भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभएको हाे ।