बालेन्द्रको मत ६० हजार नजिक, सुनिताकाे ६६ हजार नाघ्यो

 जेठ १२, २०७९ बिहिबार ८:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन'को मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको  छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ । 

मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैकाे अग्रता लिइरहेकाले दुवैकाे जित सुनिश्चित छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया