संसदमा देउवालाई ओलीको प्रश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

 जेठ १२, २०७९ बिहिबार १२:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ । 

वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथुर काँप्ने गरेको भन्दै परराष्ट्र नीतिसँगको व्यवहारले नेपाली अखंडताको रक्षा कसरी गर्न सकिन्छ भन्दै ओलीले प्रश्न गर्नुभएकाे छ ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भन्नुभयाे, 'सरकारले छद्म नीति लिएकाे देखियाे, हामी एकातिर एक चीन नीतिमा छ भन्छौँ । नेपाल हाम्रा छिमेकीहरुसँग मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा गर्ने गर्छन्, नेपाल एक चीन नीतिमा छ कि छैन ?'

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया