१५ वर्षकी बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

 जेठ १२, २०७९ बिहिबार १६:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी – सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । 

२०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । 

प्रधानाध्यापक खड्काले यौनसम्बन्ध राख्न नमानेमा विद्यालयबाट निष्कासन गरिदिने धम्की दिएको पीडित बालिका विद्यार्थीले बताएकी छिन् । बलात्कारपछि अर्कै विद्यालयमा पढ्न थालेको तर पनि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको भन्दै पीडितले २०७५ सालमा प्रहरीमा उजुरी दिएकी थिइन् । 

आजसम्म लुकिछिपी बसेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको त्रिपुरेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । उनलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया