सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्न सक्नुपर्छ : ओली

 जेठ १२, २०७९ बिहीबार १७:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताउनुभएकाे छ । 

आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्याे जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? सरकारे नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौँ । नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न भने के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ?’

अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गराइएको भए पनि वर्तमान सरकारले त्याे भूमि आफ्नो भन्न नसकेको बताउनुभयो । 

संसदमा बाेल्दै अध्यक्ष ओलीले नेपाल सरकारले 'नेपाल–भारत प्रबुद्ध समूह' (ईपीजी) को प्रतिवेदन बुझेर जनतालाई प्रतिवेदनको बारेमा बताउनुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन नबुझे पनि नेपालको प्रधानमन्त्रीले प्रतिवेदन बुझ्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया