दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आज बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका दुई जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा विद्यार्थीले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएका थिए । उनीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
विद्यार्थीले महिला छात्रामाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समययता विरोध प्रदर्शन गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।