धेरै ठाउँमा दिउँसोपछि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने, प्रि-मनसुन अन्तिम चरणमा

 जेठ १३, २०७९ शुक्रबार ७:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । ढलको उचित व्यवस्थापन नहुँदा वर्षापछि काठमाण्डौका कपन, कलङ्की, बल्खु लगायतका केही ठाउँका सडक जलमग्न भएका थिए ।

सडकमा बाढी पसेपछि गाडीको आवागमन नै प्रभावित भएको थियो ।

यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

यसपालि मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया