प्रतिनिधिसभाकाे बैठक शुरु
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - मेलम्ची खानेपानी आयोजनाको मुहानकाे ढोका मनसुन सुरु हुनु अघि नै बन्द हुने भएको छ । अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पथान्तरण गरिएको थियो ।
मर्मतपछि अस्थायी रुपमा काठमाण्डौमा पानी पठाउन थालिएको थियो । तर यस पटकको वर्षायाममा समेत बाढी/पहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने अनुमानसहित पानी पथान्तरण गर्ने सुरुङकाे ढोका बन्द गर्न लागिएको हो ।
मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका (वफर ड्याम) हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ ।
मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ । खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाण्डौको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
वाग्मती नदीबाट दैनिक १० करोड, महादेव जलाशयबाट दुई करोड लिटर तथा जमिनमुनिबाट आठ करोड गरी दैनिक २० करोड लिटर पानी वितरण हुनेछ । वर्षायाम सकिएलगत्तै आयोजना पुनः सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।