३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला

 जेठ १३, २०७९ शुक्रबार ९:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो । कोरोना महामारी कम भएकाले भक्तपुर तलेजु साढे दुई वर्षपछि आजदेखि नागरिक तथा दर्शनार्थीका लागि खुला गरिएको उहाँले बताउनुभयो  ।

स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुन्धारालगायतका ऐतिहासिक एवम् पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलेसमेत प्रवेश पाएको उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया