ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

 जेठ १३, २०७९ शुक्रबार १४:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । 

पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्याँस लिकेज भएको हुन सक्ने र जोखिम बढाएकाले सडक खण्ड बन्द गरिएको चितवन प्रहरीले जनाएको छ । अवस्था पूर्णरूपमा सुरक्षित छ भन्ने भएपछि मात्रै सडक सञ्चालनमा आउने प्रहरीको भनाइ छ । 

आज शुक्रवार दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएपछि सम्भावित क्षति कम गर्नका लागि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिएको प्रहरीले जनाएको छ । 

अहिले दुईतर्फी नै गाडी नचल्दा सडकमा गाडीको लामो लाइन लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्णरूपमा नियन्त्रणमा नआउञ्जेलसम्म सचेत बन्न सबैलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया