काठमाण्डौसहित देशका केही ठाउँको मौसम बद्ली : हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना

 जेठ १४, २०७९ शनिबार ८:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम अहिले बद्ली भएको छ ।

मौसम बद्ली भएका ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले गण्डकी प्रदेशको गोरखा र तनहुँ आसपासका क्षेत्रमा पानी परिरहेको छ ।

आज प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केहीबेर हावा चले पनि सामान्य भन्दा अलि बढी नै चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार अरु प्रदेशमा आज मौसम आंशिक बद्ली रहनेछ । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश बिहार आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने अनुमान छ । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया