आउँदो आर्थिक वर्षको बजेट कृषि उत्पादन र निर्यातको क्षेत्रमा केन्द्रित हुने : कृषि मन्त्री

 जेठ १४, २०७९ शनिबार १५:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आउँदो आर्थिक वर्षको बजेटले कृषि उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्रलाई सुधारेर मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभयो । अहिले कृषि उत्पादनकै आयात डरलाग्दो भएको भन्दै उहाँले एक वर्षमा उत्पादन बढाएर कृषि क्षेत्रमा आत्मनिर्भरताको प्रयास गर्ने र बिस्तारै निर्यातको बाटो लिने बताउनुभयो ।

उहाँले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताउनु भयो । आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पार्नुभयो । नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको भन्दै उहाँले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन लगायतको क्षेत्रमा सरकारले काम गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया