नीति तथा कार्यक्रम बहुमतले पारित

 जेठ १४, २०७९ शनिबार २०:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

आज दिनभर पनि नीति तथा कार्यक्रममाथि छलफल र बहस भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे ।

नीति तथा कार्यक्रमलाई प्रतिनिधि सभा बैठकमा निर्णायार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी र छलफलमा भाग लिने सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।

नीति तथा कार्यक्रममा कार्यान्वयन हुन सक्ने विषय मात्रै समावेश भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण, आयात प्रतिस्थापन, कृषि उत्पादनमा वृद्धि लगायतका विषयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया