ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकामा आज आइतवार दिउँसाे टिपर दुर्घटना हुँदा चार जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा टिपर चालक धादिङकाे गजुरी गाउँपालिका ६ का विनाेद घिमिरे, गाेरखा नगरपालिका १२ का रविन्द्र सेढाइँ, तनहुँकाे व्यास नगरपालिका ७ का ४५ वर्षीय उत्तम न्याैपाने र सल्यानकाे कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् ।
मध्यनेपाल ७ सीतीखोलाकाे कल्याणबेसीबाट बतासे चोक जाँदै गरेकाे ढुङ्गा बाेकेकाे बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने रहेका उहाँले बताउनुभयो ।
रेग्मीका अनुसार टिपर सडकबाट तल खसेकाे हाे । ‘उकालो, कच्ची, साँघुरो सडक हुनुका साथै लोड बढी भएर ब्याक भइ टिपर सडकबाट तल खसेकाे बुझिएको छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।