केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान

 जेठ १६, २०७९ सोमबार ७:८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । बिहान वाग्मती र गण्डकीका केही ठाउँमा पनि पानी परेको थियो ।

आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यसैबीच, यसपालि समयमा नै मनसुन भित्रने अनुमान गरिएको छ ।

भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि समयमा नै भित्रने अनुमान गरिएको हो । मौसमविद् भट्टराईका अनुसार सामान्यतया केरलामा मनसुन भित्रिएको १० दिनमा नेपालमा भित्रने गर्छ । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने मानिन्छ ।

जुन महिना सुरु हुन अब दुई दिन मात्र बाँँकी छ । मनसुनी गतिविधि सुरु भइसकेकाले यसपालि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया