निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्छ, पर्‍याे भने मुद्दा लडाैँला : रावल

 जेठ १६, २०७९ सोमबार १५:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएकाे छ । आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निजगढ विमानस्थल बन्नुपर्नेमा सांसद रावलकाे जोड छ । उहाँले भन्नुभयो, ‘कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ । यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा अलिकति मिलाएर बनाऔँ न । लड्नु पर्‍याे भने लडाैँला मुद्दा । अदालतले चाहिँ गर्नुहुने अनि हामीले देशकाे हितमा कदम चाल्न नहुने हुन्छ ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? सरकारकाे अङ्ग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरूले ? पर्छ । यो बन्नैपर्छ ।’

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया