बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तै : विष्णु पौडेल

 जेठ १७, २०७९ मंगलबार ११:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उहाँले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताउनुभयो । उहाँले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै  सरकारको टिप्पणी गर्नुभयो ।

राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उहाँको आरोप छ । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको पनि आरोप लगाउनुभयो ।  अस्ति अर्थमन्त्री जर्नादन शर्माले  १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया