अर्थमन्त्रीलाई भट्टराईकाे प्रश्न : कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यकाे बजेट नबढाएकाे हाे ?

 जेठ १७, २०७९ मंगलबार १४:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट नबढाएकाे हो ? भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ । सचिव भट्टराईले सरकारले गएकाे वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिसन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशङ्का व्यक्त गर्नुभएको हो । 

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरूले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिर गर्नुभयो । 

उहाँ भन्नुभयो, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा थाहा छैन । यो बजेट हेर्दा कतै–कतै हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतै–कतै यो बजेट हेर्दा अलिअलि मार्क्सकाे पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । त्याे भिडियाेमा शिक्षाको बजेट किन बढाइएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ । उहाँले त्याे भिडियाेमा कमिसन नआउने भएर अर्थमन्त्रीहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढाउँदैनन् भन्नुभएकाे छ । आज उहाँले नै अर्थमन्त्रीको रूपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा बजेट १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु– के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढ्ने अवस्था नरहेको पनि उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया