न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

 जेठ १७, २०७९ मंगलबार १७:५०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । 

नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया