रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

 जेठ १८, २०७९ बुधबार ७:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरुले आजको साइत निकालेका हुन्।

आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । आज रथ तान्नको लागि हिजो लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम गरिएको छ। रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो।

आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया