काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा जाम

 जेठ १८, २०७९ बुधबार ७:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि जाम छ । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले जाम भएको हो ।

प्रहरीका अनुसार बिग्रिएको गाडी क्रेनको सहायताले हटाउने प्रयास भइरहेको छ । तर, १२ चक्केको ठूलो गाडी भएकाले तान्न समस्या भएको छ । बिहानैदेखि यो सडक खण्डमा एकतर्फी मात्रै गाडी पास भइरहेका छन् ।

यो सडक खण्ड हुँदै सयौँको सङ्ख्यामा गाडी चल्ने भएकाले जाम बढ्दो छ । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । ठूला गाडी र गाडीको सङ्ख्या धेरै तर साँघुरो सडकका कारण हरेक दिनजसो यो सडक खण्डमा जाम हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया