आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

 जेठ १८, २०७९ बुधबार ७:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वस्थ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७८ लिटर मात्रै छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध  उत्पादन  हुन्छ  ।

प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव छ । नेपाललाई २०८० सालसम्ममा दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर, अर्को वर्ष पनि आत्मनिर्भर हुन चुनौती छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादवका अनुसार उत्पादन बढाउन सके केही वर्षभित्रैमा दूधमा आत्मनिर्भर हुन सकिन्छ । अबको एक वर्षमा प्रतिव्यक्ति १३ लिटर दूध पुर्याउन सम्भव नरहेको तर दूध उत्पादन बढाउने तथा वितरणलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब ३३ करोड ९ लाख  ८६  हजार  रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको सरकारको तथ्याङ्क छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया