केपी ओली नेतृत्वकाे एमाले सरकार इतिहासमै थिएन, मनमाेहनकाे नेतृत्वमा मात्रै थियो : भुसाल

 जेठ १८, २०७९ बुधबार १५:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ । 

आज बुधवार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षकाे बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यति बेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’

राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरू खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनहरूमा महसुल बढाउने निर्णय विरोधाभास भएको उल्लेख गर्नुभयो । उहाँले गएकाे सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोप पनि लगाउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया