रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित

 जेठ १८, २०७९ बुधबार १५:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित भएको छ । अहिले दिउँसाे ४ बजेदेखि सुरु हुने रथ तान्ने तयारीका कारण अहिले लगनखेल–जावालाखेल सडकमा गाडीहरू रोकिएका छन् । 

ट्राफिक प्रहरीले अहिले नै सडक खाली नगराएको बताए पनि सडकमा गाडीहरू गुडेका छैनन् । दिउँसो ४ बजेपछि रथ तान्नका लागि तयारी गरिँदै छ । आज रथ तान्नका लागि हिजो मङ्गलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर कालाेपत्र गर्ने काम गरिएको छ ।

रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनुपर्ने परम्पराअनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो । यदि आज रथलाई जावलाखेलमा पुर्‍याउन सके यही २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । 

त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया