तारा एअरकाे विमान दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो

 जेठ १९, २०७९ बिहीबार १६:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । 

विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।

गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेकाे मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको ज्यान गएको थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया