प्रहरी आलाेचित बनिरहेकाे 'निर्मला पन्त हत्या प्रकरण' काे टुङ्गाे लगाउनु प्राथमिकतामा : आईजीपी सिंह

 जेठ १९, २०७९ बिहीबार १७:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला पन्त हत्याको विषयलाई टुङ्गो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएकाे छ । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले नेपाल प्रहरी आलोचित बनिरहेको प्रकरणमा आफ्नाे ध्यान जाने बताउनुभएकाे हाे ।  

उहाँले प्रहरीको सरुवा/बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिलाई नै सरुवा र बढुवामा प्राथमिकता दिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरूले प्राथमिकतामा राखेर अघि बढाएका कामहरूलाई पनि आफूले निरन्तरता दिने बताउनुभयो । 

नेपाल सरकारले सिंहलाई गएकाे वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरूले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यसको टुङ्गो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आईजीपीको कार्यभार सम्हालेको आज एक महिना पुगेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • किरण लिम्बु

    June 2, 2022, 6:38 p.m.

    हाम्रो देश नेपालमा पुलिस त सधैं पार्टी कै चाकारी गर्दै ठिक्क भयो। नामर्द को पहिचान रख्दै छ नेपाल पुलिस ले । पावरमा बसिन्जेल त हो ,भोली को दिनमा आफु नहुँदा,पावर नहुँदा आफ्नै सन्तान ले निर्मला पन्तको जस्तो भोगाई भोग्दा पछुतो गर्न बाहेक केही विकल्प रहँदैन। नयाँ सुरुवात को जरुरी छ सबैले अफ्नो ठाउँ बाट उत्कृष्ट सेवा दिन जरुरि छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया