नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम, गाडी एकतर्फी रुपमा चल्दै

 जेठ २०, २०७९ शुक्रबार ७:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम छ । यो सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको हो।

बिहान केहीबेर दुईतर्फी नै ठप्प भएको सडक खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन् । बिग्रिएको ग्यासको बुलेट बनाएपछि एकतर्फी बाटो खुलेको हो ।  ढलान र झ्याप्ले खोलामा पनि गाडी बिग्रिएकाले दुईतर्फी सडक खुलाउन सकिएको छैन।

झ्याप्ले खोलामा टिपर र ढलानमा १० चक्के ठूलो गाडी बिग्रिएको प्रहरीले जनाएको छ । साँघुरो र घुम्ती सडक तर ठूलाठूला गाडी चल्ने भएकाले यो सडक खण्डमा हरेक दिनजसो जाम हुने गरेको छ। यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया