सिसडाेललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछाैँ : मेयर साह

 जेठ २०, २०७९ शुक्रबार १४:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ । 

डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डाैकाे फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डाैवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाण्डाैमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गर्नुभयो । 

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाण्डाैकाे फोहरबाट सिर्जित समस्या समाधान गर्नुरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयाे । स्थानीयवासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डाैकाे फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया