‘कति समयका लागि बजेट ल्याउने भनेर संविधानमा लेखेकाे भेटिनँ’

 जेठ २०, २०७९ शुक्रबार १७:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले कति समयका लागि बजेट ल्याउने भनेर संविधानमा लेखेको नभेटेको बताउनुभएको छ । बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे ।  

बजेट छलफलमा नेकपा एमालेका सांसदहरूले प्रदेश र केन्द्रको चुनावभन्दा अगाडिसम्म मात्रै रहने सरकारले पाँच वर्षका लागि भनेर आयोजनामा बजेट ल्याएको बताएका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयो, ‘मैले संविधानमा यति महिनाको मात्र बजेट बनाउने भन्ने देखिनँ, हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेछ, पाँच महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो, ७ महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो, त्यो संवैधानिक व्यवस्था भेटिएन । त्यसले यो वार्षिक बजेट नै हो ।’

मन्त्री शर्माले चुनाव आफ्नो प्रक्रियामा हुने भन्दै चुनावपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरेकाले यो बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको दोहोर्‍याउनुभयाे । उहाँले देशले भोगिरहेको आर्थिक सङ्कट आउन नदिनका लागि देशभित्र नै आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट आएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया