दाङमा जुत्तामुनि लुकाएको ब्राउन सुगरसहित दुई जना युवा पक्राउ
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभाले 'यौन अपराधविरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा' सङ्कल्प प्रस्ताव स्वीकृत गरी त्यसकाे कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेकाे छ ।
नेपाली कांग्रेसका सांसद कमला पन्तले पेस गर्नुभएको त्याे प्रस्तावमा सांसद डा. विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिला कुमारी, मदनकुमारी साह, तुलप्रसाद विश्वकर्मा, डा. खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।
प्रस्तावमाथि छलफल भएपछि बैठकले सर्वसम्मतिले स्वीकृत गरी सरकारलाई कार्यान्वयनका लागि निर्देश गरेको हो ।
प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आले, भैरवसुन्दर श्रेष्ठ, सुमित्रा विसी, गोमादेवी तिमिल्सिना, दिलकुमारी रावल थापा, जयन्ती देवी राई, उर्मीला अर्याल र नरपती लोहारले यौन अपराधविरुद्ध उजुरी हदम्याद हटाउनुपर्ने माग गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौनजन्य अपराधको कानुन सुधारको सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिँदै हदम्याद हटाउने सम्बन्धी कानुन संशोधन गर्ने तयारी भएको बताउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २४ गते १ बजे बस्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।