यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ, जाहेरी दर्ता हुँदै

 जेठ २१, २०७९ शनिबार १८:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका जाेरपाटीकाे सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीकाे समन्वयमा पक्राउ गरिएकाे हाे । अहिले उनलाई काठमाण्डाै ल्याउँदै गरिएकाे प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे ।

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका बस्नेतमाथि जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया