चुनावकाे परिणामबाट धेरै असन्तुष्ट छाैँ, समीक्षा गर्दैछाैँ : झलनाथ खनाल

 जेठ २१, २०७९ शनिबार १९:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । 

आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढङ्गले गठबन्धन हुँदै नभएको भन्दै चुनावकाे परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो । उहाँले आफूहरूको असन्तुष्टि सत्तारूढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रूपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रियासमेत दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी पालिका चुनावकाे परिणामबाट धेरै असन्तुष्ट छौँ । पाँच दलभित्र सम्मानजनक ढङ्गले गठबन्धन हुँदै भएन । त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दैछाैँ ।’

फरक प्रसङ्गमा नेता खनालले तत्काल वामपन्थी दलहरूबीच एकता आवश्यकता रहेकाे भए पनि सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया