बजेटमा ठूलाठूला कुरा गरिएकाे छ, सपना मात्रै बाँडिएकाे छ : शंकर पाेखरेल

 जेठ २२, २०७९ आइतबार १८:५२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाउनुभएको छ । महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटले देशमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताउनुभएको हो । 

सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने  याे बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रूपमा प्रकट भएको छ ।’

महासचिव पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको अति धेरै आयातका कारण आउँदाे वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभए पनि बजेटमा आर्थिक वृद्धि दर बढ्ने भनेर हावादारी कुरा उल्लेख गरिएको बताउनुभयो । उहाँले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धि दर हुने कुनै आधार नरहेको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया