दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ ।
दिउँसो एक बजे संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ ।
आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रूपमा लिइने कर्णाली प्रदेश सरकारले जनाएको छ ।
‘सडक, पुल, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरू सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताउनुभयो ।'
आयोजना बैंक स्थापना गरी त्यही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।