इम्बोस्ड नम्बर प्लेटमा विभागको ताकेता कायमै, कानुन कार्यान्वयन मात्रै गरिएको दाबी

 जेठ २४, २०७९ मंगलबार १५:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभाग गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय आफूहरूको बाध्यता भएको जनाएको छ ।

विभागले आज मङ्गलवार विज्ञप्ति निकालेर सरकारले बनाएको कानुन, सर्वोच्च अदालतको आदेश र विभिन्न कम्पनीसँग भएका सम्झौताअनुसार नै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्दै लगिएको भन्दै यसमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

यसअघिको विज्ञप्तिमा बाग्मती र गण्डकीमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेट नडान नगरेमा साउन १ गतेदेखि कारबाही गर्ने कडा भाषा प्रयोग भएको क्षमायाचना माग्दै विभागले आफूहरूले कानुन कार्यान्वन मात्रै गर्न खोजेकाले मर्म बुझिदिन पनि आग्रह गरेको छ ।

विभागले राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार २०७८ सालको मङ्सिर १ गतेयता दर्ता भएका नयाँ गाडी, २०७८ सालको फागुनपछि किनबेच भएका गाडी र २०७९ सालको जेठ १ गतेपछि नवीकरण गर्ने गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको र बिस्तारै बाँकी २५ लाख गाडीमा पनि जडान गर्दै लैजाने जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया