मन्त्रीज्यू, इम्बाेस्ड नम्बर राख्न एकचाेटि लाइनमा उभिएर हेर्नुस् : गगन थापा

 जेठ २४, २०७९ मंगलबार १५:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उहाँले यस्ताे माग गर्नुभएकाे हाे । 

सांसद थापाले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गर्नुभयो ।   

बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेकाे छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल भइरहेकाे छ ।

सांसद थापाले काठमाण्डाैकाे अहिले देखिएको फोहर व्यस्थापनको मूल जिम्मेवारी महानगरपालिका र सहरी विकास मन्त्रालयको भएको र यसअघिको समयमा आवश्यक काम नगरेकाले अहिलेको समस्या देखिएको बताउनुभयो । याे समस्याको गाँठो फुकाउनका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै उहाँले काठमाण्डाैकाे बञ्चरे डाँडा र सिसडोलमा थप बजेटमा निकास खोजेर भए पनि समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आउँदा दिनमा कम मूल्यमा मात्रै होइन कम समयमा पनि काम गर्छु भन्नेलाई ठेक्का दिँदा पुँजीगत खर्च कम हुने र समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया