इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब रुपैयाँसम्म घोटाला : भीम रावल

 जेठ २४, २०७९ मंगलबार १९:२८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब रुपैयाँ घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘गाडीमा इम्बाेस्ड नम्बर प्लेट राख्ने कुरा छ । ठेक्का हुँदाकाे र अहिलेको रकम हेर्दा झन्डै तीन/चार अर्ब रुपैयाँको घोटाला हुनेजस्तो देखिन्छ । अहिले झन्डै चार हजार गाडीलाई त्यो प्लेट दिइएकोमा १५ सय गाडीको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चारमाध्यममा आएको छ ।’

सांसद रावलले संविधानअनुसार सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि इम्बोस्ड नम्बर अङ्ग्रेजी भाषामा गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताउनुभयो । विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • bishnu roka

    June 7, 2022, 11:58 p.m.

    यो कुरा त पहिले नै अनुमानित थियो ...तर यिनीहरुले नागरिकलाई धेरै दु:ख दिएका छन् / आफूलाई जे जसो गर्दा कमिसन आउँछ, उसै उसै गर्छन / नागरिकले संधै सरकारलाई बुझाउँदा बुझाउँदा देश मात्रै हैन , नागरिक पनि ऋणमा डुब्न लागिसके /

  •  0 Reply

तपाईको प्रतिक्रिया